हिमस्टारको हात खाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ अफर

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा.लिले दशैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ ।
यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।
प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्तगर्ने कम्पनीको बिश्वास रहेको छ ।
‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

काठमाडौं । विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स

काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन

काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक)

काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिव पदको

काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र

मनोज पराजुली,गोरखा|गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि.