‘लिगलिग पालुङटार मेयर कप’ को तयारी पूरा, १८ टिम सहभागी हुँदै

गोरखा। गण्डकी प्रदेश स्तरीय प्रथम संस्करणको ‘लिगलिग पालुङटार मेयर कप २०७५’ को तयारी पुरा भएको छ । फागुन २६ देखि पालुङटार नगरपालिका ५ हवाइ ग्राउण्डमा सुरू हुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका सदस्य सचिव किरण गिरीले जानकारी दिए ।
प्रतियोगिताको लागि टिम दर्ताको अन्तिम समयसम्म १८ वटा टिमले नाम दर्ता गराएको सदस्य सचिव गिरीले जानकारी दिए । सहभागी हुनेमा गोरखाका आयोजक पालुङटार नगरपालिकाको दुई टिम, गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका छन् भने १३ वटा टिम अन्य जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा तनहुँका ब्यास, भानु र शुक्लगण्डकी नगरपालिका, लम्जुङको राइनास र बेशीसहर नगरपालिका, स्याङजाको गल्याङ, पुतलीबाजर र चापाकोट नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका, बाग्लुङको बाग्लुङ नगरपालिका र नवलपरासीको देवचुली र गैंडाकोट नगरपालिका सहभागिता जनाउनेछन् ।
‘हाम्रो अभियान : खेलकुद पर्यटन, लिगलिग उत्थान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यो प्रतियोगिताले पालुङटारमा खेलकुद पर्यटनको विकास हुने पालुङटार नगरपालिका मेयर दिपक बाबु कंडेलले बताए । खेलकुद र पर्यटनलाई सँगसँगै विकास गर्नका लागि नगरपालिकाले लिगलिगे दौड जस्ता कार्यक्रम गर्दै आएको छ उनले भने, ‘यो प्रतियोगिताले पनि पालुङटारमा पर्यटक आगनमा बृद्धि हुनेछ’ खेलकुद संस्कारको विकास गर्दै पालुङटारमा खेलकुद प्रशिक्षण केन्द्रको स्थापना गर्नु यो प्रतियोगिताको अर्को उद्देश्य रहेको उनले बताए ।
कार्यक्रम के छ ?
फागुन २६ गतेबाट शुरु हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने छन् । उद्घाटन खेलमा आयोजक पालुङटार नगरपालिका बी र बाग्लुङ नगरपालिका बाग्लुङ बिच खेल हुनेछ । त्यस्तै पालुङटार नगरपालिककाकै टिमलाई दुई हप्ता अघि देखिनै प्रशिक्षक राखेर प्रशिक्षण दिईराखेको जिल्ला फुटबल संघ गोरखाका सल्लाहकार प्रेम गुरुङले जानकारी दिए । चैत ६ गते फाइनल खेल र समापन कार्यक्रम हुनेछ ।
सम्बन्धित नगरपालिकाको टिममा सोहि नगरपालिकाको स्थायी बासिन्दाले मात्र खेल्न पाउने नियमले समग्र गण्डकी प्रदेशकै खेलाडी छनोटमा यो प्रतियोगिताले सहयोग पुग्ने लिगलिग पालुङटार मेयर कप २०७५ को संयोजक एवं पालुङटार नगरपालिका वडा नं १ का वडा सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य सन्तोष पोखरेलले बताए ।
वितेतालाई पुरस्कार कति ?
प्रतियोगिताको प्रथम हुनेलाई नगद पुरस्कार २ लाख ३४ हजार ५६७ र रनिङ शिल्ड ट्रफी प्रदान गरिनेछ । त्यसैगरी द्धीतिय टिमले नगद १ लाख २३ हजार ४५६ पाउनेछन् ।
सेमिफाइनलमा पुग्ने दुई टिमलाई क्रमशः ५४ हजार ३२१ र उत्कृष्ट खेलाडी एक जानालाई १२ हजार ३४५ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्तालाई क्रमशः ९ हजार ८७६ पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना गरिने यो रनिङ शिल्ड पालुङटार नगरपालिका नगरकार्यपालिकाको मातहतमा रहेको नगर खेलकुद विकास समितिको आयोजनामा भएको हो ।

शुक्रबार, भदौ १३, २०७६

काठमाडौं । लोक सेवा आयोगले आयोगले राजपत्रांकित तृतीय

काठमाडौं । विश्व बैंकले नेपालको डुइङ विजनेश इन्डेक्स

काठमाडौँ । श्रम क्षेत्रको विश्वव्यापीकरणलाई लक्षित गर्दै त्रिभुवन

काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक)

काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिव पदको

काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको

काठमाडौं । नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र